×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेबोनले ‘प्रिमियम’ मूल्यको स्वीकृति दिएको सोनापुरको भाउ सुकेको लसुनभन्दा सस्तो ! (मूल्य विवरणसहित)

PRIME CA

सेबोनले ‘प्रिमियम’ मूल्यको स्वीकृति दिएको सोनापुरको भाउ सुकेको लसुनभन्दा सस्तो ! (मूल्य विवरणसहित)

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्यमा निरन्तर तेश्रो दिनसम्म नेगेटिभ सर्किट लाग्दा सो सेयरको भाउ सुकेको लसुनकोभन्दा पनि सस्तो मूल्यमा आएको छ । कमजोर कम्पनी भए पनि कागजी रुपमा आफुलाई ‘सुनजस्तै राम्रो’ देखाउन खोजेको कम्पनीको सेयरको भाउ अन्ततस् सुकेको चाइनिज लसुनभन्दा पनि कममा आईपुगेको हो ।

कारोबारको तेश्रो दिनसमेत नेगेटिभ सर्किट लागेर सो सेयरको मूल्य प्रितिकित्ता २५५.५० रुपैयाँ पुगेको छ । जवकी, सोहि दिन नेपाली बजारमा सुकेको लसुनको न्युनतम मूल्य नै २८० देखि अधिकतम ३०० रुपैयाँसम्म छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार मंगलबार नेपाली बजारमा सुकेको चाइनिज लसुनको न्युनतम मूल्य रु २८० छ भने अधिकतम रु ३०० छ । अर्थात सुकेको चैनिक लसुनको औसत मूल्य २९० छ । यस्तै हरियो लसुनको न्युनतम मूल्य २५० रुपैयाँ र अधिकतम मूल्य २६० रुपैयाँ छ ।

तर, येही बेला नेप्सेमा सुचिकृत भएर दोश्रो बजारमा कारोबार गरेको तेश्रो दिनसम्म आइपुग्दा सोनापुरको सेयर मूल्य २५५.५० रुपैयाँ पुगेको छ । कारोबारको पहिलो दिन आइतबार १० प्रतिशतले घटेर यसको मूल्य ३ सय ५० रुपैयाँबाट झरेर ३ सय १५ रुपैयाँमा पुगेको थियो । त्यस्तै दोश्रो दिन पनि सो सेयरमा नेगेटिभ सर्किट लागेर ३ सय १५ रुपैयाँबाट २ सय ८३ रुपैयाँ ५० पैसा कायम भएको थियो ।

सोनापुर सिमेन्टले १०० रुपैयाँ अंकित मूल्यमा १ सय ३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरेर कुल २ सय ३७ रुपैयाँ ५८ पैसामा आइपीओ निष्काशन गरेको थियो । असोज ३ गते नेप्सेमा सुचिकृत भएको सोनापुरलाई नेप्सेले ओपनिङ्ग रेन्ज १ सय ४२ रुपैयाँ १ पैसा देखि ४ सय २६ रुपैयाँ ३ पैसा सम्म तोकेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: