काठमाडौँ । सोनापुर मिनिरल्स एण्ड आएल सिमेन्टको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
नेप्सेमा सूचिकृत भएर कारोबार सुरु भएको पहिलो दिन नै आइतबार कम्पनीको सेयरमा नेगेटिभ सर्किट लागेको हो ।
दोस्रो बजारको प्रि–ओपनिङ सेसनमा ३ सय ५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर ३ सय १५ रुपैयाँमा झरेको छ । कारोबारको पहिलो दिन सोनापुरको सेयर किन्ने भन्दा बेच्नेको भीड लागेको छ ।
कम्पनीले दोस्रो बजारको पहिलो कारोबारका लागि १ सय ४२ रुपैयाँ १ पैसादेखि ४ सय २६ रुपैयाँ ३ पैसासम्म ओपनिङ रेञ्ज तोकेको थियो ।