×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगातार तेस्रो दिन पनि सोनापुरको सेयर मूल्यमा नेगेटिभ सर्किट

PRIME CA

लगातार तेस्रो दिन पनि सोनापुरको सेयर मूल्यमा नेगेटिभ सर्किट

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मंगलबार पनि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएको तेस्रो दिन पनि सोनापुरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

मंगलबार प्रि–ओपनिङ सेसनमा २ सय ८३ रुपैयाँ ५० पैसाबाट खुलेको सोनापुरको सेयर मूल्य १० प्रतिशतले घटेर २ सय ५५ रुपैयाँ २० पैसामा कायम भएको छ ।

यसो त दोस्रा बजारमा कारोबार सूरु भएको पहिलो दिन नै सोनापुरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेर ३ सय ५० रुपैयाँबाट ३ सय १५ रुपैयाँमा झरेको थियो । त्यस्तै, दोस्रो दिन पनि यसको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । दोस्रो दिन सोनापुरको सेयर मूल्य १० प्रतिशतले घटेर ३ सय १५ बाट २ सय ८३ रुपैयाँ ५० पैसामा झरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ सय ३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २ सय ३७ रुपैयाँ ५८ पैसामा आईपीओ जारी गरेको थियो । कम्पनीको सेयर असोज ३ मा नेप्सेमा सूचीकृत भएको थियो । दोस्रो बजारमा कारोबारको पहिलो दिन कम्पनीले १ सय ४२ रुपैयाँ १ पैसादेखि ४ सय २६ रुपैयाँ ३ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: