×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोनापुर मिनरल्स एण्ड आयलको आईपीओ बाँडफाँट, १० लाख ३२ हजार एक सय ३२ जनाले पाए सेयर

PRIME CA

सोनापुर मिनरल्स एण्ड आयलको आईपीओ बाँडफाँट, १० लाख ३२ हजार एक सय ३२ जनाले पाए सेयर

२४ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ असोज २४ गते बुधबार बाँडफाँट भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि असोज १४ गतेदेखि १८ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरेर कुल २३७.५८ रुपैयाँको दरले ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर  निष्काशन गरेको थियो ।

उक्त आइपीओमा गोलाप्रथामार्फत १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । त्यस्तै, कम्पनीले कर्मचारीका लागि छुट्याएको ६ लाख ८ हजार २८४ कित्ता सेयरमध्ये कर्मचारीले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए ।  कर्मचारीहरुले खरिद नगरेको ५ लाख ८८ हजार ७ सय ८४ कित्ता सेयर पनि थप गरेर कुल १ करोड ३ लाख २१ हजार ३ सय २८ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सोनापुर मिनरल्स एन्ड आयलको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: