×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेबोन अध्यक्ष हमाललाई साधुवाद ! अव यी काम गरिदिनुभए सेयर लगानीकर्ताको भलो हुन्छ’- सुबास भट्टराई

PRIME CA

‘सेबोन अध्यक्ष हमाललाई साधुवाद ! अव यी काम गरिदिनुभए सेयर लगानीकर्ताको भलो हुन्छ’- सुबास भट्टराई

१ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ‘सेयर गुरु’ का रुपमा चर्चित सेयर लगानीकर्ता सुबास चन्द्र भट्टराईले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई ब्रोकर कमिसन घटाईदिएकोमा धन्यवाद दिएका छन् । ब्रोकर कमिसन घटेपछि सामाजिक संजालमा लेख्दै र अर्थ सरोकारसँग कुराकानी गर्दै भट्टराईले हमाललाई धन्यवाद दिएका हुन् । ब्रोकर थपेर बजारलाई ठूलो हुने बाटो खोलिदिनु भएकोमा धन्यवाद भन्दै उनले ब्रोकर कमिसन घटाईदिएकोमा बोर्ड अध्यक्ष हमाललाई साधुवाद भनेका हुन् ।

साथै भट्टराईले अव बजारलाई बैज्ञानिकीकारण गर्ने समय यहि भएको समेत बताएका छन् । ‘अब बजारलाई बैज्ञानिकरण गर्ने सहि समय पनि आयो । टिएमएसलाई माटो सुहाउँदो प्रविधिमा पनि लगेर खरिदको माग पनि हुने वातावरण बनाईदिनुपर्यो ।’ भट्टराईले भनेका छन् ।

साथै उनले दिउँसो जागीरेले सेयर किनबेच गर्न नपाईरहेको स्थितिमा उनीहरुको टिएमएसमै विहान नै अर्डर राख्ने बनाईदिन पनि हमाललाई आग्रह गरेका छन् । इन्ट्रा डे, टु वे मार्केट, अक्सन मार्केट, लगायतका नीति बनाउनसमेत अनुरोध गरेका भट्टराईले अर्थ मन्त्रालायमा लबिङ गरेर क्यापिटल गेन ट्याक्सलाई लाई समयसापेक्ष बनाउन पनि आग्रह गरेका छन् । ‘होल्डीङ अवधिका आधारमा (१० -०%) सम्म ७ दिन देखि ७ बर्षको करको गणना विधि लागू गर्नसमेत सुझाव दिएका भट्टराईले नेपाल राष्ट्र बैंकसँग लबिङ गरेर ब्यक्तिगत लगानीकर्तालाई २ अर्बसम्म र संस्थागत लगानीकर्तालाई खुल्ला र बैंकले ऋणीको क्षमता अनुसार कर्जाको व्यवस्थापन गरिदिनसमेत आग्रह गरेका छन् ।

हकप्रदर बोनस सेयर कम्पनीको पूँजी थप्ने प्रक्रियामात्र रहेका हुनाले बोनस सेयरमा लाग्ने कर खारेज गर्नेको निम्ति अर्थमन्त्रीसँग उनको समूहमा लबिङ गरिदिनसमेत भट्टराईको अनुरोध छ । कम्पनीलाई वा कम्पनीका संस्थापक लगानीकर्तालाई आफ्नो कम्पनी, आफ्नो गौरबको निम्ति बाई ब्याक सेयरका बारेमा बुझाईदिनसमेत भट्टराईको अनुरोध छ ।

विदेशीलाई सेयर बजारमा स्वागत गर्नुपर्ने समय आएको बताउँदै उनले हमाललाई बिदेशीका लागि नेपाली बजार खुला भएपछि बजारको बुल कसैले रोक्न नसक्नेसमेत दाबी गरेका छन् । यस विषयमा बोर्ड अध्यक्ष हमाललाई अनुरोध गर्दै उनले भनेका छन्- ‘हजुरलाई अवगत नै छ । सन् २०११ जुलाईमा सुरु भएको कम्बोडियाको सेयर बजार  (CSX) हामीभन्दा लगभग १८ बर्ष कान्छो बजार हो । उसले बिदेशीलाई सेयर बजारमा प्रवेश खुला गरी लगभग मार्केट क्यापको १८% बिदेशीलाई दिईसकेको छ । हामी पनि म्याचोर्ड भईसकेको बजार हो । हामी पनि अब ३१ बर्बषमा छौँ । बिदेशीलाई सेयरबजारमा स्वागत गर्ने मौका तपाईंको कार्यकालमै होस् । FDI/FPI लाई यदि बजारमा कम्तीमा २०-२५% मात्र खोलिदिनुहुन्छ भनेर बजारको बुल कसैले रोक्न सक्दैन ।’

अपरिपक्व लगानीकर्ता परिपक्क भईसकेको भट्टराईको भनाई छ । ‘अर्थ सरोकारसँगै सबैले सेयर शिक्षामा आफ्नो अनुभव बाँडीसके । समग्र लगानीकर्ताको उज्ज्वल भबिस्यका लागि बिदेशीहरुलाई नेप्सेको आँगनमा स्वागत गर्न आवस्यक छ । सरकारले बित्त नीति मार्फतर राष्ट्र बैंकले मौद्रिक नीतिमाफर्त सेबानले लबिङ गर्नुपर्छ ।’ उनले भनेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: