×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली बजारमा चिनीको अभाव, औद्योगिक कोरिडोरका उद्योगहरू प्रभावित हुँदा क्षमताको ५० प्रतिशत मात्र उत्पादन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाली बजारमा चिनीको अभाव, औद्योगिक कोरिडोरका उद्योगहरू प्रभावित हुँदा क्षमताको ५० प्रतिशत मात्र उत्पादन

Artha Sarokar

१ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चाडपर्वको अवसरमा नेपाली बजारमा चिनी पर्याप्त रुपमा उपलब्ध नहुँदा समस्या परेको छ । पर्वका बेला अरु बेलाभन्दा बढी चिनी खपत हुने गरेको छ । सहज रुपमा सहुलियत दरमा चिनी नपाउँदा सामान्य उपभोक्ता प्रभावित बनेका छन् ।

त्यसैगरी, सुनसरी-मोरङ औद्योगिक क्षेत्रका बिस्कुट, चकलेट लगायत उद्योग पनि प्रभावित बनेका छन् । स्थानीय उत्पादनले नपुग्ने, सरकारले पर्याप्त आयात गर्न नसकेको अवस्था एवं निजी क्षेत्रलाई आयात गर्ने अधिकार नदिँदा चिनी अभावको अवस्था रहेको उद्योगीहरुको भनाइ छ । सोहि कारण उल्लेख्य परिणाममा चिनी खपत हुने चकलेट, बिस्कुट जस्ता उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडाका अनुसार पर्वका बेला चिनी पर्याप्त रुपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताका साथै सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु पनि प्रभावित भएका छन् ।

भारतीय बजारमा चिनीको मूल्य ६७ रुपैयाँ छ । नेपाली बजारमा सामान्यतया किलोको १२५ सम्म पर्छ । पर्वका बेला बढी खपत हुने वस्तुहरु उत्पादन गर्ने उद्योगहरु पर्याप्त चिनी नपाउँदा समस्यामा परेको उद्योगीहरुको भनाइ छ ।

स्थानीय उत्पादनले नपुग्ने भएकाले आयातमै भर पर्नुपर्ने अवस्था हुँदा मुख्य चाडपर्वलाई लक्षित गरी एवं औद्योगिक क्षेत्रको मागलाई ध्यान दिंदै पर्याप्त रुपमा चिनी आयात गरिनुपर्नेमा त्यसो हुन नसहेको व्यवासाहीहरुको भनाइ छ ।

बिस्कुट, चकलेट, डेरी उत्पादन, मिठाइ जस्ता वस्तु उत्पादन गर्ने उद्योगहरुले क्षमताको आधा मात्र उत्पादन गर्न सकेको जनाइएको छ । कच्चा पदार्थका रुपमा चिनी समेत प्रयोग गर्दै आएका उद्योगहरुले हाल क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्न सकेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी