×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोकर नम्बर ७७ नबिल सेक्युरिटिजले ३ महिनामै कमायो १ करोड ७४ लाख खुद नाफा, विवरण प्रकाशनको नयाँ अभ्यास !

PRIME CA

ब्रोकर नम्बर ७७ नबिल सेक्युरिटिजले ३ महिनामै कमायो १ करोड ७४ लाख खुद नाफा, विवरण प्रकाशनको नयाँ अभ्यास !

३ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । स्टक ब्रोकर नम्बर ७७, नबिल सेक्युरिटिजले संचालनमा आएको ३ महिनामै १ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लामो समय बैंकिङमा अनुभव हाँसिल गरेर नबिल सेक्युरिटिजमा सीइओ भएका सिए. सुरेश देवकोटाको नेतृत्वमा रहेको कम्पनीले छोटो समयमा नै यस्तो सफलता हासिल गरेको हो ।

१ अर्ब ५२ करोड चुक्ता पूँजी रहेको सो कम्पनीको जगेडामा ७ करोड ७३ लाख रुपैयाँ संचिति रहेको छ भने ३ महिनामा संचालन नाफा ३ करोड ५१ लाख रहेको छ ।
अझ खास कुरा त के छ भने सो कम्पनीले अपरिस्कृत वित्तीय विवरणसमेत सार्वजनिक रुपमा प्रकाशन गरेको छ । नियामकीय निर्देशनअनुसार बाध्यकारी नभए पनि आम जनताको जानकारीका लागि भन्दै कम्पनीले विवरण सार्वजनिक गरेर नयाँ अभ्यास सुरु गरेको छ ।
spe
अर्थ सरोकारसँग कुराकानी गर्दै कम्पनीका सीइओ सुरेश देवकोटाले पब्लिक कम्पनी भएकाले कम्पनीको विवरण सबैले हेर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ विवरण प्रकाशन गरिएको बताएका छन् । ‘बाध्यकारी व्यवस्था होइन । तर पब्लिक लिमिटेड कम्पनी भएपछि सबै कुरामा पारदर्शीता हुनुपर्छ भनेर हामीले विवरण सार्वजनिक गरेका हौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै देवकोटाले भने ।
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: