×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेप्सेलाई धरासायी बनाउन खोजियो, नेप्सेलाई रोकेर नयाँ स्टक एक्सचेन्ज आयो भने म मुद्धा हाल्छु’ : तिलक कोइराला

PRIME CA

‘नेप्सेलाई धरासायी बनाउन खोजियो, नेप्सेलाई रोकेर नयाँ स्टक एक्सचेन्ज आयो भने म मुद्धा हाल्छु’ : तिलक कोइराला

२२ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लगानीकर्ता तिलक कोइरालाले नयाँ स्टक एक्सचेन्ज आएको खण्डमा आफुले मुद्धा हाल्ने चेतावनी दिएका छन् । धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकार डटकमले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै लगानीकर्ता कोइरालाले नेप्सेलाई नसुधारी नयाँ स्टक एक्सचेन्ज ल्याउन नहुने र ल्याएको खण्डमा आफुले बोर्डविरुद्ध मुद्धा हाल्ने बताएका हुन् ।

‘नेप्सेलाई सुधार नगरी अर्को स्टक एक्सचेन्ज ल्याइयो भने त्यसविरुद्ध मुद्धा पर्छ । तिलक कोइरालाले त्यसविरुद्ध मुद्धा हाल्छ ।’ कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘नयाँ स्टक एक्सचेन्जलाई ल्याएर नेप्सेलाई धरासायी बनाउन खोजिएको छ ।’

कार्यक्रममा बोल्दै उनले धितोपत्र बोर्ड पोलिसी करप्सनमा लागेको आरोपसमेत लगाएका छन् । बुक बिल्डिङ विधिमार्फत आईपीओ आउनुपर्नेमा प्रिमियममा आईपीओ ल्याएर बोर्ड पोलिसी करप्सनमा लागेको उनको तर्क छ ।

उनको प्रश्नको जवाफ दिँदै बोर्ड अध्यक्ष हमालले कोइरालाको प्रश्नले लगानीकर्तामा वित्तीय सचेतनाको कति कमी छ भन्ने देखाएको तर्क गरे । उनले बुक बिल्डिङ विधि आफ्नो प्राथमिकतामा नै रहेको, तर सो विधि मात्र सबै समस्याको समाधान नरहेको बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: