काठमाडौँ । ऐन विपरित प्रिमियममा आईपीओ जारी गर्न दिएको भन्दै लगानीकर्ता तिलक कोइरालाको अगुवाईमा सेयर लगानीकर्ताको एउटा टोलीले अदालतमा रिटको तयारी गरेको छ । बीमा ऐन २०७९ को दफा ४५को ५मा भएको व्यवस्था विपरित विभिन्न कम्पनीलाई आइपीओ जारी गर्न दिएको भन्दै बोर्ड र प्राधिकरणलाई विपक्षी बनाएर रिट दायर गर्न लागिएको हो ।
तिलक कोइरालाले आफुहरु अदालत जान लागेको पुष्टी गरे । ‘प्रचलित ऐन विपरित प्रिमियममा आईपीओ जारी गर्ने काम गलत भएकोले हामीले यस विरुद्ध अदालत जाने निर्णय गरेका छौँ । दुवै निकायका अध्यक्षको बर्खास्ती हाम्रो प्रमुख मागदाबी हुनेछ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै कोइरालाले भने, ‘अख्तियारको चरम दुरुपयोग गर्ने दुईनिकायका प्रमुख विरुद्ध हामी अदालत जान लागेका हौँ ।’
उनका अनुसार बीमा ऐन २०७९ को दफा ४५ मा विवरणपत्र तथा शेयर निष्कासन सम्बन्धी व्यवस्था व्यवस्थाको दफाको ५ मा सर्वसाधारणमा आईपीओ जारी गर्दा अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्ने उल्लेख छ । आईपीओ जारी भईसकेकाहरुले प्रिमियम मूल्य फिर्ता गर्नुपर्ने मागसमेत राखिने कोइरालाको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्