×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमको “हरेकहप्ता सुपरस्टार सिजनकै मेगास्टार” घोषणा, विजेताले सेलिब्रेटी झैँ जीवन शैली अनुभव गर्न सक्ने

PRIME CA
GLOBAL IME BANK

डिशहोमको “हरेकहप्ता सुपरस्टार सिजनकै मेगास्टार” घोषणा, विजेताले सेलिब्रेटी झैँ जीवन शैली अनुभव गर्न सक्ने

१६ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिशहोमले “हरेकहप्ता सुपरस्टार सिजनकै मेगास्टार”को विजेता घोषणा गरेको छ । “हरेकहप्ता सुपरस्टार सिजनकै मेगास्टार”योजना अन्तर्गत ७१९१२७६१८६४ कास आईडीका ग्राहक रविन तामाङले नगद एक लाख रुपैयाँ जितेको हो ।

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना“हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवन शैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियान काबम्पर विजयीग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दशलाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभवपनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनकालागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सनवा डिशहोम रिचार्ज गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझपाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । डिशहोमले “हरेकहप्ता सुपरस्टार सिजनकै मेगास्टार”अभियान आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागू हुने जानकारी दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: