×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अलिबाबाको ‘मार्केट भ्यालु’ एक सातामै २६ अर्बले घट्यो, सेयर बिक्री गर्ने निर्णयबाट पछि हटे ज्याक मा ! 

PRIME CA

अलिबाबाको ‘मार्केट भ्यालु’ एक सातामै २६ अर्बले घट्यो, सेयर बिक्री गर्ने निर्णयबाट पछि हटे ज्याक मा ! 

१० मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चिनियाँ इ–कमर्स कम्पनी अलिबाबाको ‘मार्केट भ्यालु’ मा भारी गिरावट आएको छ । पछिल्लो एक सातामा कम्पनीको मार्केट भ्यालु २६ खर्ब ५८ अर्बले घटेको हो । गत बिहीबार मात्रै अलिबाबाको स्टक न्यूयोर्कमा ९ प्रतिशत र हङकमा १० प्रतिशतले घटेको थियो । 

अनुमान गरेको भन्दा मार्केट भ्यालु कममा झरेपछि चिनियाँ अर्बपति ज्याक मा कम्पनीको सेयर बिक्री गर्ने निर्णयबाट ‘ब्याक’ भएका छन् । 

यसअघि ज्याक माले अलिबाबाको सेयर बिक्री गर्न लागेको हल्ला चलेको थियो । तर, गत साता कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएपछि उनले हाललाई कम्पनीको सेयर बिक्री नगर्ने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।  

ज्याक माले अलिबाबाको करिब १ खर्ब १५ अर्ब (८७१ मिलियन) बराबरको १० लाख सेयर बिक्री गर्ने तयारी गरेका थिए । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: