×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर छलीको आशंकामा रुसी अर्वपति एलेक्सी कुज्मिचेभ पक्राउ

PRIME CA

कर छलीको आशंकामा रुसी अर्वपति एलेक्सी कुज्मिचेभ पक्राउ

१५ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कर छली र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू उल्लङ्घन गरेको आशंकामा फ्रान्सको प्रहरीले रुसी अर्बपति एलेक्सी कुज्मिचेभलाई पक्राउ गरेको छ । उनी सह-संस्थापक रहेको अल्फा समूहमाथि युरोपेली युनियनले प्रतिबन्ध लगाएको छ ।

उनलाई सोमबार राति सेन्ट-ट्रोपेजको रिभेरा रिसोर्टमा पक्राउ गरिएको बताइएको छ । सूत्रका अनुसार प्रहरीले उनको पेरिसस्थित घरसहित उनीसम्बद्ध थुप्रै स्थानमा छापा मारेको छ । युक्रेनमाथि रुसी आक्रमणपछि युरोपेली युनियनले सन् २०२२ मार्चमा कुज्मिचेभलाई प्रतिबन्ध लक्षित रुसी नागरिकहरूको सूचीमा राखेको थियो ।

युरोपेली युनियनका अनुसार कुज्मिचेभको ठूलो हिस्सा रहेको अल्फा बैंक रुसको सबैभन्दा ठूलो करदातामध्येको एक हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकट सम्बन्धका कारण कुज्मिचेभलाई ‘रुसको सबैभन्दा प्रभावशाली मानिस’ मा गनिन्छ ।

सूत्रका अनुसार फ्रान्सेली अनुसन्धानको नेतृत्व न्यायपालिकाको भ्रष्टाचारविरोधी एकाइमार्फत भइरहेको छ । उक्त एकाइले विशेषरूपमा कर छली र अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको उल्लङ्घन गरेकामा कुज्मिचेभमाथि अनुसन्धान गरिरहेको छ ।

युरोपेली युनियनको प्रतिबन्धका कारण फ्रान्समा पारिवारिक सम्बन्ध भएको दावी गर्ने कुज्मिचेभको स्वामित्वमा रहेको ५० लाख युरोभन्दा बढी मूल्यका दुई डुङ्गा सन् २०२२ मार्चमा अधिकारीहरूले कब्जामा लिएका थिए ।

फोब्र्स पत्रिकारले ६१ वर्षीय कुज्मिचेभलाई छ अर्ब ४० करोड अमेरिकी डलरको कूल सम्पत्तिका साथ विश्वको ६१औँ धनी व्यक्तिका रूपमा सूचीकृत गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: