×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकका सिईओ शेरचनविरुद्धको मुद्धा अदालतद्धारा खारेज

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रभु बैंकका सिईओ शेरचनविरुद्धको मुद्धा अदालतद्धारा खारेज

Artha Sarokar

१५ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनको पुनः नियुक्तीको विषयमा परेको रिट खारेज भएको छ । सेञ्चुरी कमर्सियल बैंकसँगको मर्जरपछि सिईओमा पुनः शेरचनलाई नियुक्त गरेको विषयमा उच्च अदालत पाटनमा परेको मुद्धा अदालतले खारेज गरेको हो ।

बुधबार उच्च अदालत पाटनका न्यायधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको संयुक्त इजलालसले उक्त मुद्धा खारेज गरेको हो । मुद्धा खारेज गर्दै अदालतले शेरचनको नियुक्ति नियमतः रहेको ठहरसमेत गरेको छ ।

गतवर्ष २०७९ माघमा अधिवक्ता अनिता थापा केसीले मर्जरपछि बैंकको सिईओमा शेरचनको नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ विपरित रहेको भन्दै मुद्धा दायर गरेकी थिइन् । उक्त मुद्धामा थापाले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ र प्रभु बैंकका सञ्चालक लगायत १६ व्यक्ति तथा संस्थालाई विपक्षी बनाएकी थिइन् ।

यसो त बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को कार्यकाल दुई कार्याकालसम्म मात्रै हो । एउटै संस्थामा एउटै व्यक्तिले दुई कार्यकाल भन्दा बढी प्रमुखको जिम्मेवारी लिन नपाउने व्यवस्था छ । तर, मर्जर तथा एक्विजिसनमा जाँदा सम्बन्धित पदमा पुनः नियुक्ति दिन/लिन कुनै बाधा नपुग्ने सुविधा राष्ट्र बैंकले दिएको छ । सोही कारण अदालतले शेरचनको नियुक्तिको विषयमा परेको मुद्धा खारेज गरेको हो ।

योसँगै अब मर्जर तथा एक्विजिसनमा जाने बैंक तथा वित्तीय संस्थामा दुई कार्यकाल पुगेका सिईओले पनि पुनः नियुक्ति पाउने भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी