×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकका कर्मचारीको डुबेर निधन भएपछि माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध !

PRIME CA

बैंकका कर्मचारीको डुबेर निधन भएपछि माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध !

१२ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बैंकका कर्मचारीको डुबेर निधन भएपछि चितवनको माडीस्थित बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध लगाइएको छ । साथीभाइसँग घुम्न जाँदा नेपाल एसबिआई बैंकका कर्मचारीको डुबेर निधन भएपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले तालमा पौडी खेल्न रोक लगाएको हो ।

एसबिआई बैंकको भरतपुर महानगरपालिका–२ स्थित शाखाका कार्यरत ३५ वर्षीय बिजय तिमिल्सिनाको यसअघि बैकुण्ठ तालमा डुबेर मृत्यु भएको थियो । साथीभाइसँग घुम्न गएका बेला पौडी खेल्ने क्रममा उनको डुबेर निधन भएको थियो । हाल उक्त तालमा ताल व्यवस्थापन समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी रोक लगाएको समितिका अध्यक्ष राजकुमार परियारले बताएका छन् । 

माडी नगरपालिका–८ स्थित बैकुण्ठ सामुदायिक वन भित्रको बैकुण्ठेश्वर ताल घुमफिर गर्न दैनिक दर्जनौँ पर्यटक जाने गरेका छन् । धार्मिक महत्व बोकेको ताल भए पनि यहाँको मनोरम दृश्यकै कारण धेरै पर्यटक भित्रिने गरेका छन् । सुरक्षा लगायतका अन्य तयारी भएपछि मात्र पौडी खेल्न दिइने परियारले जानकारी दिएका छन् ।

खरकट्टास्थित बैकुण्ठ चोकबाट करिब साढे तीन किमि दक्षिण लागेपछि बैकुण्ठ मेलास्थल आइपुग्छ । मेलास्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल पुग्न सकिन्छ । घाँघर खोलाको शिरमा रहेको यो तालमा दुई छहरा छन् । चारैतिरको हरियालीले तालको दृश्यलाई नै लोभलाग्दो बनाएको छ ।

त्यस्तै, प्रत्येक वर्ष पौडी खेल्दा मानिसको मृत्यु भएपछि पौडी नखेल्न अनुरोध गरिएको माडी–८ का वडाध्यक्ष वीरेन्द्रबहादुर भण्डारीले बताएका छन् । करिब २०३५ सालतिर घाँस–दाउँरा काट्न जाने क्रममा फेला परेको यो ताल ३२ मिटर गहिराइको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: