×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमला नदीमा अचम्मको ‘भूत मेला’ (फोटो-कथा)

PRIME CA

कमला नदीमा अचम्मको ‘भूत मेला’ (फोटो-कथा)

११ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । धनुषा र सिरहा जिल्लाको सिमाना छुट्याउने कमला नदीमा सोमबार भूतमेला लागेको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्धि प्राप्त हुने तथा घरमा कूल र भूतप्रेतले दुःख नदिने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेलामा स्थानीय पुग्ने गर्छन् ।

सोमबार बिहानै मेला हेर्न धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर लगायतका छिमेकी जिल्ला र भारतका कतिपय स्थानबाट धेरै संख्यामा सर्वसाधारण कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् । नदीमा स्नान गर्दा पाप क्षय हुने र आजको दिन भुत बैताल, देवि देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने तथा नयाँ झाँक्री बन्न चाहनेका लागि पनि आजको दिन उपयुक्त हुने भगवानपट्टीका धामी राजेन्द्र दासले बताएका छन् ।

धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कार्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने परम्परा निकै पुरानो भएको दासको भनाई छ । यो मेलालाई धामी झाँक्रीको मेला पनि भन्ने गरिन्छ । बाँकि फोटो फिचरमा हेर्नुहोस्:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: