×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेताहरुकै शैलीमा नयाँ र पूराना ब्रोकर: खान नदिएको भन्दै’ एक अर्काको विरोधी भएकाहरु ‘मिलेर खान’ एकै ठाउँ !

PRIME CA

नेताहरुकै शैलीमा नयाँ र पूराना ब्रोकर: खान नदिएको भन्दै’ एक अर्काको विरोधी भएकाहरु ‘मिलेर खान’ एकै ठाउँ !

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । केहि समयअगाडी नेकपा एमालेले गरेको चियापानमा सबै नेताहरु एक ठाउँ बसेको फोटो भाइरल भएपछि धेरैको प्रतिक्रिया थियो, ‘खाने बेलामा त सँगै बसेछन् ।’ तर सो तस्विरलाई पनि माथ खुवाउने गरी नयाँ र पूराना ब्रोकरहरु ‘मिलेर खान’ एकै ठाउँ उभिएका छन् ।
धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेर अर्थ मन्त्रालय पठाएपछि र अर्थले पनि स्वीकृतिको टिप्पणी उठाएको जानकारी बाहिरिएपछि आत्तिएर उनीहरु एक भई मन्त्रालय गएका हुन् । मन्त्रालय पुगेर उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल रोक्न अर्थमन्त्रीसँग मागसमेत गरेका थिए । अर्थमन्त्रीले ‘म बुझ्छु’ भन्ने प्रतिक्रिया दिएको धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालको भनाई छ । ‘ब्रोकर कमिसन घटाउने निर्णय रोक्न मात्र भन्दा पनि हामीले नयाँ प्रोडक्टहरु पनि थप्नुपर्यो भन्ने विषयमा पनि कुरा राखेका छौं । अर्थमन्त्रीले ‘म बुझ्छु’ भनेर प्रतिक्रिया दिनुभएको छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै ढकालले भने ।
कुनै बेला नयाँ ब्रोकरहरुलाई लाइसेन्स दिने काम धितोपत्र बोर्डले अगाडी बढाएपछि पूरानो ब्रोकर एसोसिएसन नयाँ ब्रोकर रोक्न सकेजति बल लगाएर लविङमा थियो । तर सो लविङ काम नलागेपछि लाचार बनेको स्टक ब्रोकर एसोसिएसनले नयाँ ब्रोकर संघ, धितोपत्र ब्रोकर एसोसिएसनसँग मिलेर अघि जानुपर्ने भन्ने प्रस्ताव राखेको थियो । तर नयाँ ब्रोकरहरुमध्ये धेरैले पूरानासँग मिलेर जानु हुँदैन भनेपछि सो मर्जर प्रक्रिया रोकिएको थियो ।
तर, कुनै बेला एक अर्काको विरोधी बनेका दुई ब्रोकर अहिले ब्रोकर कमिसन घट्ने निर्णय रोकिँदा फाइदा हुने भएपछि एक भएर मन्त्रालयको ढोका ढकढकाउन पुगेका छन् । यसले नयाँ ब्रोकरहरु पनि नयाँ बोत्तलमा पूरानै रक्सी रहेछ भन्ने टिप्पणी हुन थालेको छ ।
धितोपत्र बोर्डले नयाँ ब्रोकरहरुका गतिविधि नियालीरहेको छ । बोर्डका एक उच्च अधिकारीका अनुसार बोर्डले लगानीकर्ताको पक्षमा गरेका निर्णयहरुमा अनावश्यक लविङ गरे कठोर हुनुपर्ने स्थिति आउन सक्ने विषयमा बोर्डमा छलफलसमेत भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: