×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तस्वीरमा हेर्नुहोस् देशभर छठपर्वको रौनक… (फोटो-कथा)

PRIME CA

तस्वीरमा हेर्नुहोस् देशभर छठपर्वको रौनक… (फोटो-कथा)

३ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइसकेपछि त्यसको भोलिपल्ट अर्थात सोमबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएर छठ समापन गरिन्छ ।

ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । मधेश प्रदेश लगायत मैथली समाजमा छठलाई मुख्यगरी र भव्य पर्वको रुपमा मनाउने गरिन्छ । यसो त छठ पर्व तराई र मैथिली समाजको मात्र नभएर पछिल्लो समय पहाडमा पनि मनाउन थालिएको छ । खासगरी छठपर्वमा ब्रतालुहरुले खोला, ताल तथा पोखरीमा गई नुहाउनुका साथै विशेष पूजाआराधना गर्ने गर्छन् । 

यसका लागि देशभरका विभिन्न धार्मिक स्थल तथा नदीमा विशेष तयारी गरिएको छ । काठमाडौँको गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायतमा २१ स्थानमा छठ पूजास्थलको निर्माण गरि भव्य तयारी गरिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: