×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसरी सकियो छठ (फोटो-कथा)

PRIME CA

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसरी सकियो छठ (फोटो-कथा)

४ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ । उदाउँदो सूर्यदेवको पूजा आराधन गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

रातभर जाग्राम बसेका ब्रतालु भक्तजनले बिहान सूर्योदयसँगै सूर्यदेवको पूजा उपासना गरी ब्रत समापन गरेका छन् । आइतबार अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले सोमबार उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । दुलहीझैं सिँगारिएका तलाउमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी छठ पर्व मनाइन्छ । 

सोमबार बिहानै उदाउँदो सूर्यको पूजा उपासना गरी अर्घ दिएसँगै चारदिन लामो छठ पूजा सम्पन्न भएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: