×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छठको मुख्य दिन जनकपुरको गंगा सागर झकिझकाउ…(फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

छठको मुख्य दिन जनकपुरको गंगा सागर झकिझकाउ…(फोटो-कथा)

३ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । आज छठ पर्व अन्तर्गतको मुख्य दिन (सँझिया अर्घ) हो । यो पर्वको अवसरमा बिहानैदेखि जनकपुरका नदी, तलाउ र पोखरीहरुमा श्रद्धालुहरुको भिड छ ।

आज बिहानदेखि ब्रत बसेका ब्रतालुले साँझपवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सँझिया घाट’ र ‘सझुका अरख’ भन्ने चलन छ । मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा छ । विशेषगरी अहिले जनकपुरको गंगा सागर झकिझकाउ पारिएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य र ब्रह्माका मानसपुत्री छठी (षष्ठी)को उपासना र पूजा गरी मनाइन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई ब्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गर्दछन् । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठी अर्थात् आजनिराहार ब्रत बसी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि छ ।

छठको मुख्य दिन जनकपुरको गंगा सागर झकिझकाउ भएको छ । प्राकृतिक पूजाको रूपमा प्रसिद्ध छठ पर्व जनकपुरको गंगा सागरमा हर्षोल्लासका साथ मनाइँदै छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: