काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय रहेको पेरिस डाँडा वरपर चोर आतंक बढेको छ । यो क्षेत्रमा उही खालका चोरी, उही मान्छेले पटक पटक गर्दा पनि चोर नसमातिएपछि चोरको झन् ठुलो आतंक बढेको हो । विशेषगरी चोरले केहि जोर जुत्ता, पानीको जार, घरमा रहेको पानी तान्ने मेशिन, पूजाकोठाको दियो लगायतका सामान चोर्ने भएकाले स्थानीयले पनि प्रहरीमा खबर नगर्ने हुँदा सो क्षेत्रमा चोरी बढेको हो ।
शनिबार बेलुकी पनि त्यस्तै घटना घट्यो । बेलुकी ५ बजेर ५७ मिनेट जाँदा पेरिस डाँडा नजिकै, अझ प्रहरीको लागु औषध नियन्त्रण ब्युरो नजिकैको घरबाट घरमा रहेका ५ जोर जुत्ता चोरी गरी प्रहरीको सो ब्युरोकै बाटो हिंडेरै चोर भागेको छ। सो घरमा रहेको सिसिटिभिमा कैद भएको फुटेज अनुसार तीनै चोरले केहि समय अगाडी सोहि घरमा पानीको जारसमेत चोरेको थियो ।
स्थानीयका अनुसार तिहार यता सो एरियामा चोरको निकै बिगबिगी बढेको छ । केहिको घरमा रहेको पानीको मोटर, केहिको घरबाट साइकल, केहिको घरबाट पूजाकोठामा रहेको दियो र केहिको घरबाट जुत्ता चोरी भएको छ । अझ शनिबारको घटनामा अर्को खास कुरा पनि छ । घरबाट जुत्ता चोरेको चोरले लागु औषध ब्युरोमै काम गर्ने प्रहरीले ब्युरो अगाडी मोटरसाइकलमा राखेको झोला नै चोरले चोरेर भागेको छ । सो झोलाभित्र नगद लगायतका समान रहेको ती प्रहरीको भनाई छ । लागु औषध ब्युरोको ५ घर उता झाडीमा नै लागु औसधको खुलेआम कारोबार हुँदा पनि नदेख्ने ब्युरोका प्रहरीहरु, यसपटक भने आफ्नै साथीको पर्स चोरी भएपछि झस्किएका छन् ।
शनिबार भएको चोरीबारे कोटेश्वर प्रहरीलाई चोरको अनुहारसहितको सिसिटिभि फुटेजसहित जानकारी दिइएको छ । सिसिटिभी फुटेज प्राप्त भएलगत्तै चोरको खोजी कार्य सुरु भएको कोटेश्वर प्रहरीले जनाएको छ ।
हाल देशका गृहमन्त्री माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ छन् । ‘उनकै पार्टी कार्यालय वरपरसमेत हरेक दिनजसो चोरको बिगबिगी बढ्दासमेत सुरक्षा दिन नसक्नेले केहि देशको सुरक्षा देलान् ?’ भन्दै स्थानीयहरुले गृहमन्त्रीको समेत चर्को आलोचना गरिरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्