Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको प्रशंसनीय कार्य : कर्मचारीलाई चकलेट बाँडेको गल्ती भुकम्पपीडीतलाई सहयोग गरेर सच्यायो

अर्थ सरोकार

काठमाडौँ । सीएसआरको पैसाले कर्मचारीलाई चकलेट बाँडेर राष्ट्रिय रुपमा मात्र होइन, अन्तराष्ट्रिय रुपमा नै नेपाली बैंकिङ क्षेत्रको बदनाम गरेको सिटिजन्स बैंकले यसपटक भने प्रशंसनीय कार्य गरेको छ ।
सीएसआरको पैसा दुरुपयोग गरेर कर्मचारीलाई चकलेट बाँडेको घटना बाहिर आएपछि चौतर्फी आलोचनाको सिकार भएको बैंकले यसपाली भने भूकम्प पीडीतहरुको उद्धारका लागि  प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
यसअघि बैंकले कर्मचारीलाई चकलेट बाँडेर १५ लाख हाराहारी रुपैयाँको चरम दुरुपयोग गरेको थियो ।
यद्यपी यसपाली सुध्रिएको बैंकले सामाजिक उत्तरदायित्वको पैसा स्वास्थ्य शिवीर सञ्चालन, सामुदायिक विधालय, वृद्धाश्रम र अनाथालयहरुलाई आर्थिक सहयोगजस्ता राम्रा काममा पनि खर्च गर्ने गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK