×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सभ्य देउसी खेल्न सुरक्षा मिलाऊ, देउसीका नाममा ‘दारु डान्स’ गर्नेलाई तह लगाऊ (सम्पादकीय)

PRIME CA

सभ्य देउसी खेल्न सुरक्षा मिलाऊ, देउसीका नाममा ‘दारु डान्स’ गर्नेलाई तह लगाऊ (सम्पादकीय)

२५ कार्तिक २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

तिहारको मौसम छ । देउशी-भैलो खेलेर रमाइलो गर्ने समय यहि हो । अहिले काठमाडौँमा १ बजेसम्म देउसी खेल्न पाइने भनिएको छ, ठाउँ हेरेर कतै १० कतै ११ बजेसम्म देउशी खेल्न दिने भनिएको छ ।
तर, सरकारले गर्नुपर्ने नियन्त्रण होइन नियमन हो । देउसी रातभर खेल्दा के बिग्रिन्छ र ? सुरक्षाको जिम्मा त सरकारको हो नि होइन र ? यस विषयमा सरकार गम्भीर हुन आवश्यक छ । नियमनका नाममा संस्कृतिमाथि नियन्त्रण गर्नु गलत हो ।
त्यसै पनि अव केहि बर्ष त होला यो देउसी खेल्ने, देशमा युवा केहि मात्र बाँकी छन् । अर्को १० बर्षमा त देउसी खेल्नेहरुमा उही बच्चा केटाकेटी मात्र हुन्छन् भन्ने देखिएको छ, र केटाकेटीहरु रातभर देउसी खेल्दैनन् । त्यसैले सभ्य देउसीलाई प्रोत्साहन गरौँ । देउसी भैलो भन्दैमा ‘तिघ्रा’ देखाएर, रक्सी खाएर, रक गीतमा नाच्नेहरुलाई हो निरुत्साहित गर्नुपर्ने । त्यस्तालाई त, राती १० बजेसम्म मात्र होइन मिले त कुनै पनि बेला देउसी खेल्न दिनु हुँदैन । देउसीका नाममा मनपरी गर्नेहरुलाई रतिभर पनि छुट दिनु हुँदैन । किनकि जाँडले मात्तिएर मनपरी गर्नु देउसी होइन, हुनै सक्दैन ।
तर, साच्चै कोहि सभ्य भएर, मादलुको तालमा देउसी भट्याउदै देशको रितिथिति जोगाउन लागिपरेको छ भने उसलाई बन्देज होइन, सुरक्षाको व्यवस्था गरेर प्रोत्साहन गर्नुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: