काठमाडौँ । मंशिर ७ गते हुन लागेको दुर्गा प्रसाईंको आन्दोलनमा बैंक तथा वित्तीय संस्थाका ऋणीहरु पनि जोडिएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संकृति र नागरिक बचाउ अभियानका नाममा प्रसाईंले सुरु गरेको आन्दोलनका लागि काठमाडौँ आउनेहरुमा लघुवित्त र बैंकका ऋणीहरुको संख्यासमेत ठुलो रहेको पाइएको हो ।
प्रसाईँले बैंक तथा वित्तीय संस्थाको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा हुनुपर्छ भन्ने माग सुरुदेखि नै उठाउँदै आएका थिए । बैंक तथा वित्तीय संस्था र व्यवस्थापनका विषयमा बेलाबेला उत्तेजक अभिव्यक्ति दिइरहने प्रसाईँले २० लाख रुपैयाँसम्मका सबै ऋण मिनाहा गर्नुपर्छ भनेपछि विभिन्न कारणले लघुवित्तको ऋणको पासोमा परेकाहरुदेखि बैंकको ऋण तिर्न नसकेकाहरुसम्म प्रसाईंको आन्दोलनमा जोडिएका हुन् ।
‘आन्दोलनको तयारी भव्य छ । हामी मंसिर ७ गते लाखौँको संख्यामा सडकमा उत्रिन्छौँ ।’ प्रसाईंले अर्थ सरोकारसँग भने, ‘हामीलाई बैंक तथा लघुवित्तका पीडितहरुको ठूलो समर्थन छ । म ठाउँमा पुगेको दिन यी सबै गरिबहरुको ऋण मिनाहा हुन्छ ।’
प्रसाईंले सार्वजनिक अभिव्यक्ति दिने क्रममा बैंक, लघुवित्त र सहकारीको ऋण नतिर्न आव्हान गरिसकेका छन्।
अहिले लघुवित्तका ऋणीहरुमध्ये धेरैजसो ऋणीहरु प्रसाईंको आन्दोलनमा जोडिएपछि लघुवित्तहरुलाई भने मर्का परेको छ । अहिले प्रसाईंकै आन्दोलनका कारण गाउँ-गाउँमा लघुवित्तको ऋण उठ्न समस्या भएको स्वयम् लघुवित्तका कर्मचारीहरु स्वीकार्छन् ।
जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाका सञ्चालक मनिष अर्यालले प्रसाईं लगायत अन्य संघर्ष समितिको आन्दोलनका कारण लघुवित्तका ऋणीहरुले ऋण तिर्न छोडेको बताएका छन् । ‘संघर्ष समिति र प्रसाईंको आन्दोलनका कारण अहिले ऋण उठ्न समस्या भएको सत्य हो ।’ अर्यालले अर्थ सरोकारसँग भने, ‘यस विषयमा सरकार गम्भीर नहुने हो भने अझै समस्या बढ्ने देखिन्छ ।’
यता प्रसाईंको आन्दोलनमा सयौँको संख्यामा पूर्व बैंकरहरु पनि जोडिएका छन्। पहिला बैंकिङ गरेर अहिले बैंकबाट नै पीडीत बनेकाहरुको ठुलो समूह प्रसाईंको आन्दोलनमा होमिएको हो । पूर्व बैंकर अजय चौरासियाका अनुसार बैंकले गरेको बदमासी र ठगीविरुद्ध आवाज उठाउनेहरुले अहिले प्रसाईंको आन्दोलनमा साथ दिईरहेका छन् । ‘प्रसाईंले उठाएका सबैजसो माग जायज छन् । त्यसैले यो आन्दोलनमा हामी सबैले सक्रिय सहभागीता जनाउनुपर्छ ।’ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्