×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंद्धारा भोलिदेखि ‘काठमाडौँ बन्द’को घोषणा ! सबै पसल र व्यापारिक केन्द्र बन्द गर्न आह्वान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

दुर्गा प्रसाईंद्धारा भोलिदेखि ‘काठमाडौँ बन्द’को घोषणा ! सबै पसल र व्यापारिक केन्द्र बन्द गर्न आह्वान

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि सबै पसल तथा व्यापारिक केन्द्र बन्द हुनेगरी ‘काठमाडौँ बन्द’को घोषणा गरेका छन् । बिहीबार बल्खुमा भएको प्रदर्शनपछि प्रसाईंले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका हुन् ।

अर्थ सरोकारसँग कुराकानी गर्दै प्रसाईंले भोलिदेखि ‘काठमाडौँ बन्द’ गरिने बताएका छन् । उनले आफुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने भन्दाभन्दै पनि प्रहरीले आफ्नो आन्दोलनमा हस्तक्षेप गरेपछि भोलिदेखि काठमाडौँ बन्द गर्ने बताएका हुन् ।

प्रसाईंका अनुसार बिहीबार बल्खुको आन्दोलनमा प्रहरीको हस्तक्षेपबाट आफूतर्फका केही र प्रहरीतर्फका बढी घाइते भएका छन् ।

प्रसाईंको आन्दोलनमा प्रदर्शनकारीलाई तितरवितर बनाउनका लागि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हानेको थियो । बिहीबार केही मात्रामा काठमाडौँ खुला भए पनि भोलिदेखि काठमाडौँका व्यापारिक केन्द्र पूर्ण रुपमा बन्द हुने प्रसाईंको दाबी छ ।

उनले पसल र व्यापारिक केन्द्र बन्द गर्न आह्वान गरेका छन्  ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: