काठमाडौँ । दुर्गा प्रसाईँले श्रीलंका स्टाइलमा नेताका घरघरमा जाने बताएका छन् । शुक्रबारको कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले श्रीलंकामा भएको आन्दोलन जस्तै नेताका घरघरमा जाने घोषणा गरेका हुन्
‘श्रीलंकामा जे गरेका थिए नि जनताले, जहाँ जहाँ भेट्छन, त्यही त्यही मसाज गर्छन् । अब कसरी हिँड्दा रहेछन् हेरौँ न ठगेर । मलाई धम्की दिन्थे नि, अब भोलिदेखि उनीहरु जोगिएर हिँडे हुन्छ । कोदो खान नसक्ने मान्छे फाइभ स्टार होटलमा ढल्केर कफी खान्छ हो ५ सय रुपैयाँ कपको ? कहाँबाट पाउँछ पैसा ?’ पत्रकार सम्मेलनमा उनले भने ।
आफ्नो अरवौंको सम्पत्ति धितोमा राखेर मात्र बैंकले ऋण दिएको दोहोर्याउँदै उनले देशको प्रमुख प्रतिपक्षी भनेको नै दुर्गा प्रसाईं रहेको बताएका छन् ।