काठमाडौँ । सुरक्षा निकायले बिहीबार भएका दुई भिन्न-भिन्न कार्यक्रमको रिपोर्ट गृह मन्त्रालयमा बुझाएको छ । युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको अभियानले गरेका दुई कार्यक्रमबारे रिपोर्ट बुझाइएको हो ।
सो रिपोर्टमा सुरक्षा निकायले दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा ९ हजार भन्दा धेरै प्रदर्शनकारी सहभागी भएको र युवा संघ नेपालको कार्यक्रममा ७ हजार हाराहारीको संख्यामा सहभागीहरु रहेको रिपोर्ट बुझाएको हो ।
युवा संघ नेपालले तिनकुने र प्रसाईं नेतृत्वको अभियानले बल्खुमा कार्यक्रम गरेको थियो ।