×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक ! 

PRIME CA

दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक ! 

८ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईंलाई तीनकुनेमा आन्दोलन गर्न रोक लगाएको छ । मंसिर ८ गते (शुक्रबार) प्रसाईं समूहको आन्दोलन तीनकुनेमा गरिने भनिए पनि काठमाडौँ प्रशासनले तिनकुनेमा प्रसाईं समूहलाई आन्दोलन गर्न अनुमति नभएको बताएको हो । 

मंसिर ७ गते (बिहीबार) बल्खुको प्रदर्शनपछि प्रसाईंले पत्रकार सम्मेलनको आयोजना गर्दै आफुहरुको दोस्रो दिनको प्रदर्शन तीनकुनेमा हुने जानकारी दिएका थिए । 

तर, प्रसाईं समूहलाई तीनकुनेमा प्रदर्शन गर्न प्रशासनले रोक लगाएसँगै शुक्रबार प्रसाईंको प्रदर्शन तिनकुनेमा नहुने भएको छ । यद्यपि प्रसाईं समूहको प्रदर्शन कहाँ हुन्छ ? भन्ने अझै टुँगो भने लागेको छैन ।

मंसिर ७ गतेको दुर्गा प्रसाईं र युवा संघको आन्दोलनलाई लक्षित गर्दै प्रशासनले माइतीघरदेखि बानेश्वरसम्मको स्थानमा प्रदर्शन गर्न रोक लगाएको थियो । त्यस्तै, प्रशासनले प्रसाईंको आन्दोलनका लागि प्रदर्शन क्षेत्र बल्खु र युवा संघको आन्दोलनका लागि प्रदर्शनस्थल तीनकुने तोकेको थियो । 

मंसिर ७ को आन्दोलन सकिएपछि शुक्रबारदेखि काठमाडौँ बन्दको घोषणा गर्दै प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरे पनि प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न रोक लगाएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: