काठमाडौँ । व्यवासायी दुर्गा प्रसाईंका समर्थकले होटलको आँगनमै प्रदर्शन गर्न थालेका छन् । सडकमा प्रदर्शन गर्न रोक लगाइएपछि प्रसाईंका समर्थकले होटलको आँगनमै प्रदर्शन गर्न सुरु गरेका हुन् ।
हाल जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुनेमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।
आन्दोलन, प्रर्दशन तथा भेलामा रोक लगाउन भन्दै खटिएका प्रहरीहरुले प्रसाईंका समर्थकलाई पक्राउ गरिरहेका छन् । त्यस्तै, शुक्रबार बिहानैदेखि प्रसाईंको निवासमा पनि नेपाल प्रहरीको ‘टास्क फोर्स’ परिचालन गरिएको छ ।