×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भोलि पनि हाम्रो आन्दोलन तीनकुनेमै हुन्छ’- दुर्गा प्रसाईं

PRIME CA

‘भोलि पनि हाम्रो आन्दोलन तीनकुनेमै हुन्छ’- दुर्गा प्रसाईं

८ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले भोलि (शनिबार) पनि तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् । भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नेतृत्वकर्तासमेत रहेको प्रसाईंले शनिबार पनि आफूहरुको आन्दोलन तीनकुने केन्द्रित हुने बताएका हुन् । शनिबार तीनकुनेमा हुने प्रदर्शनमा आफू पनि सहभागी हुने प्रसाईंले बताएका छन् ।

शुक्रबार सरकारले आफूमाथि सुरक्षाको बाहना देखाएर घरभित्रै नजरबन्द गरेको आरोप लगाएका छन् । बिहीबार बिहानैदेखि प्रसाईंको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

त्यस्तै, प्रसाईंले आफूलाई घरमा थुनेर सरकारले आफ्ना समर्थकलाई समेत होटल र पार्टी प्यालेसमा नजरबन्द गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौँको तीनकुनेबाट प्रहरीले प्रसाईंका समर्थकलाई भकाभक पक्राउ गरेको थियो ।

साथै, तीनकुनेमा आन्दोलन र कुनै पनि प्रकारको भेला तथा सम्मेलन गर्न निषेध गरिएको भन्दै सुरक्षा व्यवस्थामा समेत कडाई गरिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: