×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदर्शनमा हिँडेका प्रसाईंलाई प्रहरीले आधा बाटोबाटै फर्कायो 

PRIME CA

प्रदर्शनमा हिँडेका प्रसाईंलाई प्रहरीले आधा बाटोबाटै फर्कायो 

१२ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रदर्शनमा हिँडेका व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आधा बाटोबाटै फिर्ता पठाएको छ । मंगलबार गौशालामा आयोजना गरिएको प्रदर्शनका लागि जाँदै गर्दा प्रसाईंलाई पेप्सीकोलाबाटै प्रहरीले फिर्ता पठाएको हो । 

आफ्ना समर्थकसहित गौशाला हिँडेका प्रसाईंलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएपछि हाल उनी ठिमीस्थित आफ्नै घरमा फर्किएका छन् ।

हाल प्रसाईंको निवासमा नेपाल प्रहरीको ‘स्पेशल टास्क फोर्स’ सहित प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ । 

मंगलबार प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले गौशालामा प्रदर्शनको आयोजना गरेको छ । प्रसाईं सोही कार्यक्रमलाई सम्बोधन गर्न गौशाला जाँदै थिए । 

सोमबार गौशालामा आयोजित प्रदर्शनमा झडप भएपछि प्रहरीले धर्मगुरु श्रीनिवास आचार्यसहित १५ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा पनि रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: