×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाजरकोट भूकम्पः घरसँगै ढले नागरिकका सपना (फोटो-कथा) 

अर्थ सरोकार

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार

PRIME CA

जाजरकोट भूकम्पः घरसँगै ढले नागरिकका सपना (फोटो-कथा) 

काठमाडौँ । शुक्रबार राती जाजरकोटमा गएको शक्तिशाली भूकम्पले यतिबेला देश दुखेको छ । जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातमा गएको ६.४ म्याग्निच्युटको भूकम्पले हालसम्म १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने करिब २ सय ८ जना घाइते भएका छन् भने जाजरकोट, रुकुम पश्चिम तथा रुकुम पूर्वमा हजारौँ नागरिक घरविहीन भएका छन् । 

शुक्रबार मध्यरातमा गहिरो निन्द्रामा गएको भूकम्पले सयौँ नागरिकको ज्यान मात्रै लिएन, बरु हजारौँलाई घरबारविहीन पनि बनायो । भूकम्पमा परी घाइते भएका सयौँको अहिले पनि उद्धार तथा उपचार भइरहेको छ । राज्यको सम्पूर्ण संयन्त्र अहिले भूकम्प प्रभावित क्षेत्रको राहत, उद्धार तथा उपचारमा खटिएको छ । 

जाजरकोट, रुकुम पश्चिम तथा रुकुम पूर्वका नागरिक यसबेला ठूलो क्षतिको सामना गरिरहेका छन् । परिवारका सदस्य र छानो गुमाएका नागरिकको पीडा झनै दर्दनाक छ । समग्रमा भूकम्पले जाजरकोटमा घर र ज्यानसँगै सयौँ परिवारका सपना पनि थिचेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: