×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्प प्रभावः सर्वश्व गुमेपछि राहत कुर्दै जाजरकोटबासी, भत्किएको घर र मन हेर्दै दिन कटाउन बाध्य (फोटो-कथा)

PRIME CA

भूकम्प प्रभावः सर्वश्व गुमेपछि राहत कुर्दै जाजरकोटबासी, भत्किएको घर र मन हेर्दै दिन कटाउन बाध्य (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार

काठमाडौँ । शुक्रबार मध्यरात जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले देश रुवाएको छ । राज्यबाट सँधै उपेक्षित हुँदै आएको विकट जाजरकोटलाई प्रकृतिले पनि ठगेपछि अहिले सिंगो जाजरकोट पीडामा छ । भूकम्पमा परी मृत्यु भएकाहरुको सामूहिक दाहसंस्कार गरेको जाजरकोट आफन्त गुमाउनुका पीडा र सर्वश्व सिद्धिएको शोकमा छ ।

विनाशकारी भूकम्प गएको तेस्रो दिनसम्म पनि राहतको जोहो नहुँदा जाजरकोटवासी थप पीडामा छन् । हुन त सरकारी तथा गैरसरकारी संस्था, व्यवसायी तथा व्यक्तिगत रुपमा पनि भूकम्प प्रभावितहरुका लागि सहयोग संकलनको काम भइरहेको छ । सरकारले पनि भूकम्प प्रभावितहरुको उद्धार, उपचार तथा पुनर्स्थापनाका लागि राम्रै आश्वासन दिएको छ । तर, के गर्नु ? आश्वासनले मात्रै पेट भरिँदो रहेनछ, ढलेको घर उठ्दो रहेनछ, आफन्त गुमाउनुका पीडामा ओत र भोकले थपेको पीडा कम नहुँदो रहेछ ।

र त आज पनि जाजरकोटवासी आकाशलाई छानो बनाएर, एक सरो लुगाकै भरमा चिसो रात कटाउन बाध्य छन् । पुग्नुपर्ने राहत समयमा नपुगेपछि भूकम्पले पुरेको घरमा खाद्यान्न र लुगाफाटो खोज्न बाध्य छन्, जाजरकोटवासी । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: