×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाफा घटे पनि एभरेष्ट बैंकको ईपीएस ७ रुपैयाँले बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

नाफा घटे पनि एभरेष्ट बैंकको ईपीएस ७ रुपैयाँले बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको नाफा ९.४५ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले असोज मसान्तसम्ममा ७८ करोड ७ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले ८६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.३३ प्रतिशतबाट बढेर ०.९० प्रतिशत पुगेको छ । जसका कारणले बैंकको इम्पेरमेन्ट चार्ज ४२ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यही कारण बैंकको नाफा घटेको हो ।

त्यस्तै, असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ०.३२ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकले १ अर्ब ८९ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, बैंकको संचालन नाफा
९.४५ प्रतिशतले घटेर १ अर्ब ११ करोड ५४ लाख कायम भएको छ ।

नाफा घटे पनि चालु आवको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने बढेको छ । यसअवधिमा बैंकको ईपीएस ७ रुपैयाँ ७४ पैसाले बढेर २९ रुपैयाँ १९ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २४२ रुपैयाँ ३४ प्रसा कायम भएको छ । हाल एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब ५२ करोड १० लाख रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: