काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडबाट १९७ कर्मचारीले सामुहिक राजिनामा दिएका छन् । विभिन्न ११ बुँदे माग राखेर सामुहिक राजिनामा दिनेहरुको नामावली, उनीहरुले दिएको राजिनामा र मागपत्र अर्थ सरोकारले फेला पारेको छ । हाकिमहरुले भेदभाव गरेको, दुर्व्यवहार गरेको, काम गर्ने वातावरण बिगारेको, अनावश्यक दबाब दिएको र साबिकको राष्ट्र उत्थान लघुवित्तबाट मर्जरपछि आएका कर्मचारीहरुलाई अनुचित व्यवहार गरेको आरोप लगाउँदै राजीनामापत्र बुझाएका हुन् ।
सो राजिनामा र मागपत्रलाई नेपाल राष्ट्र बैंकमा समेत बोद्धार्थ दिइएको छ भने यस विषयमा लघुवित्तका सम्पूर्ण विभागहरुलाई जानकारी दिईएको छ ।
यता यस विषयमा लघुवित्तको व्यवस्थापन पनि आन्तरिक छलफलमा जुटेको छ । आन्तरिक छलफलका क्रममा दुई तर्क आएका छन् । केहि हाकिमहरुले सबैलाई पेलेर जानुपर्ने तर्क राखेका छन् भने केहिले मिलाएर जानुपर्ने तर्क राखेका छन् ।
हेर्नुहोस्, उनीहरुको मागपत्र, राजिनामापत्र र राजिनामा दिएर बिद्रोह गर्नेहरुको नामावली :









