×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गौशालामा देखिएको गाई पूजाको रौनक… (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

गौशालामा देखिएको गाई पूजाको रौनक… (फोटो-कथा)

२७ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कार्तिक कृष्ण औँसीका अवसरमा गाईको पूजाआजा गरी गाई तिहार मनाईएको छ ।

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार परेको गाईतिहारमा पशुपतिको गौशाला धर्मशालामा पालिएको गाईलाई पूजा गर्नेको घुँइचो छ । उनीहरुले गाईको पूजा गरी गाईलाई भोजन गराएका छन् ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

राष्ट्रिय जनावर गाईलाई श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोकविश्वास छ । बाँकि तस्विरमा हेर्नुहोस् :

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: