×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको नाफा ४.२५ प्रतिशतले बढ्यो, ईपीएसमा पनि सामान्य बढोत्तरी (थप विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गरिमा विकास बैंकको नाफा ४.२५ प्रतिशतले बढ्यो, ईपीएसमा पनि सामान्य बढोत्तरी (थप विवरणसहित)

Artha Sarokar

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा विकास बैंकको नाफामा सामान्य बढोत्तरी देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४.२५ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले २० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा भने बैंकले १९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.५७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ । योसँगै बैंको कुल सञ्चालन आम्दानी १२.२९ प्रतिशत र सञ्चालन मुनाफा ४.३२ प्रतिशत बढेको छ । यस्तै, चालु आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३८ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ४६ पैसा रहेको छ ।

नाफासँगै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस ६३ पैसा बढेर १५ रुपैयाँ ५४ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २३.४९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ७१ पैसा रहेको छ ।

५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप १.८२ प्रतिशत बढेको छ भने कर्जा १.२८ प्रतिशत बढेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी