×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युद्धको प्रभावः गाजाको आर्थिक विकास १०० वर्ष पछि धकेलियो, महिला र बालबालिका भोकमरीको उच्च जोखिममा !

PRIME CA

युद्धको प्रभावः गाजाको आर्थिक विकास १०० वर्ष पछि धकेलियो, महिला र बालबालिका भोकमरीको उच्च जोखिममा !

अर्थ सरोकार

१४ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चेतावनी दिएको छ । डब्लुएफपीले इजराइल र हमासबीच चार दिने युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार एक सय ६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ ।

पछिल्लो समय मंगलबार दुई दिनका लागि युद्धविराम थपिएको छ । युद्धविरामका लागि धन्यवाद दिँदै डब्लुएफपी मध्यपूर्वका निर्देशक कोरिन फ्लेसरले भने, ‘हाम्रा टोली सम्बन्धित क्षेत्रमै छन्, हामी लामो समयदेखि पुग्न नपाएका ठाउँमा जाँदैछौँ । हामीले जे देखिरहेका छौँ । त्यो विनाशकारी छ ।’

डब्लुएफपीले अनुमान गर्दै भनेको छ, ‘यदि डब्लुएफपीले निरन्तररूपमा खाना पुर्याउन सकेन भने गाजाको जनसंख्या र विशेषगरी महिला तथा बालबालिका भोकमरीको उच्च जोखिममा पर्नेछन् ।’

खाद्यान्नको निर्बाध र नियमित आपूर्तिका लागि आह्वान गर्दै उसले युद्धविरामका लागि छ दिन कुनै सार्थक प्रभाव पार्न पर्याप्त नभएको बताएको छ । गाजामा संकट सुरु भएपछि डब्लुएफपीले सात लाख ५९ हजार ८२ मानिसलाई खाद्यान्न उपलब्ध गराइसकेको छ ।

यति मात्र होइन गाजामा युद्धका कारण ठूलो मात्रामा भौतिक क्षति पनि भएको छ । विद्यालय, सार्वजनिक भवन, उद्योग लगायत विभिन्न क्षेत्रमा सरकारी भवन तहसनहस भएका छन् । यसको पूनर्निमाणका लागि पनि ठूलो आर्थिक सहायताको आवश्यकता देखिएको छ । साथै, गाजाको आर्थिक विकास १०० वर्ष पछि धकेलिएको पनि जानकारहरु बताउँछन् । हाल युद्धविरामको घोषणा भएपनि युद्धपछिको प्रभाव भने लामो समयसम्म रहने देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: