×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निष्क्रिय कर्जा बढ्दा ग्लोबल आइएमई बैंकको नाफा दबाबमा, खुद नाफा ३% ले बढ्दा ईपीएस ६ रुपैयाँले घट्यो

PRIME CA
GLOBAL IME BANK

निष्क्रिय कर्जा बढ्दा ग्लोबल आइएमई बैंकको नाफा दबाबमा, खुद नाफा ३% ले बढ्दा ईपीएस ६ रुपैयाँले घट्यो

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले पहिलो त्रैमासमा १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.०४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४९.९२ प्रतिशतले बढेको छ भने खुद फि कमिसन ३६.१९ प्रतिशत बढेको छ । त्यस्तै, पहिलो त्रैमासमा बैंकको कुल सञ्चालन आम्दानी ४७.३५ प्रतिशत र सञ्चालन मुनाफा ६.४२ प्रतिशतले बढेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा २.१ प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा बढ्दा बैंकको इम्पेरमेन्ट चार्ज पनि बढेर १ अर्ब ७८ करोड १७ लाख रुपैयाँ पुगेको छ । जसका कारण पहिलो त्रैमासमा बैंकको खुद नाफामा घट्न पुगेको हो ।

पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै, समीक्षा अवधिमा बैंकको नाफा बढे पनि प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । यस अवधिमा बैंकको ईपीएस ६ रुपैयाँ २९ पैसाले घटेर १३ रुपैयाँ ७१ पैसा कायम भएको छ । पहिलो त्रैमाससम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३० पैसा रहेको छ ।

यसअवधिमा बैंकको निक्षेप ३.९१ प्रतिशतले बढेको छ भने कर्जा पनि ०.२७ प्रतिशतले बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: