काठमाडौँ । तिहारमा एक अर्ब बढीको सुनको कारोबार भएको पाइएको छ । तिहारको ४ दिनमा कुल १ अर्ब ३२ करोड बढीको सुन बिक्री भएको हो । यसवर्ष भएको सुनको बिक्री अघिल्लो वर्षको तुलनामा धेरै हो । तिहारमा धनतेरसका लागि सुन जोड्नेहरु बढेसँगै कारोबार पनि बढेको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारको चार दिनमा कुल १ अर्ब ३२ करोड ७९ लाख ९५ हजार रुपैयाँ अर्थात १ सय ३५ किलो सुन बिक्री भएको छ ।
महासंघका अनुसार धनतेरसको दिन मात्रै ५० किलो सुन बिक्री भएको थियो । धनतेरसमा सुन जोडे राम्रो सम्पत्ती कमाइन्छ भन्ने मान्यताअनुसार यसवर्ष सुन किन्नेहरु बढेको व्यवसायीहरुको भनाई छ ।
यसो त मन्दीका कारण यसअघि बजारमा सुनको कारोबार ठप्पप्रायः बनेको थियो । तर, तिहारमा भने सुनको खपत ह्वात्तै बढेको हो । तिहारमा सुनको माग अत्याधिक हुँदा बिक्री नभएर बैंकहरुमा रहेको सुन पनि खपत भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तिहारमा सुनको बिक्री बढ्दा सुनचाँदी व्यवसायमा थप उत्साह देखिएको छ ।
तिहार सकिएसँगै विवाहका सिजन मंसिर सुरु भएलगत्तै मंसिरमा सुनको व्यापार बढ्ने अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्