×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारमा ‘सुनमा सुगन्ध’, १७ तस्वीरमा हेर्नुहोस् न्युरोडका सुन पसलमा फूलको झिलिमिली (फोटो-कथा) 

PRIME CA
GLOBAL IME BANK

तिहारमा ‘सुनमा सुगन्ध’, १७ तस्वीरमा हेर्नुहोस् न्युरोडका सुन पसलमा फूलको झिलिमिली (फोटो-कथा) 

२७ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अहिले देशभर तिहारको माहोल छ । जताततै तिहारको रमझममा नागरिकहरु मघ्न छन् । केटाकेटी देउसीभैलोको रमाइलोमा, नागरिकहरु किनमेलमा र व्यापारीहरु व्यापार गर्नमा व्यस्त छन् । अझ त्यसैमाथि लामो समयदेखि सुस्ताएको सुनचाँदीको व्यापार बढेपछि व्यापारीहरु मख्ख छन् । अहिले काठमाडौँको न्युरोडमा सुनचाँदी व्यवसायीहरुलाई भ्याईनभ्याई छ । 

यसअघि सामान्य रुपमा दैनिक १० किलो सुनको कारोबार भइरहेको भए पनि अहिले व्यापारीहरुले दैनिक २० किलोसम्म सुनको कारोबार गरिरहेका छन् । तिहारमा सुन जोड्ने तथा गहना बनाउने चलन र देखासिखीका कारण यो मन्दीको समयमा पनि अहिले व्यापारीको व्यापार भने बढेको छ । अझ न्युरोडमा फूल, झिलिमिली र विभिन्न सजावटबाट चिटिक्क पारिएका सुन पसलहरु देख्दा जो कोहीको पनि ध्यान तान्छ । 

अझ भनौँ, न्युरोडको सौन्दर्यता लाई सुनचाँदी पसलहरुको सजावट र झिलिमिलीले थप सुन्दर बनाएको छ । यही सौन्दर्यताको अवलोकन गर्न पनि न्युरोडमा घुम्नेहरुको भीड लाग्ने गरेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: