काठमाडौं । इन्टरनेशनल अकाउन्टिङ डेको अवसरमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले वाकाथन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बाजागाजासहित विभिन्न प्ले कार्ड बोकेर काठमाडौंको भृकुटीमण्डपदेखि सहिदगेट हुँदै रत्नपार्कसम्म वाकाथन कार्यक्रम गरिएको हो ।
वाकाथनमा आइक्यानका कर्मचारी, सदस्यहरु, आइक्यानका काउन्सिल सदस्यहरु र विद्यार्थीहरुको उपस्थिति थियो । अकाउन्टिङ सम्बन्धी आम मानिसमा जनचेतना जगाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आइक्यानले बताएको छ ।
आइक्यानको पूर्वनिर्धारित कार्यक्रम अनुसार शुक्रबार विहान ७:३० बजेदेखि ८:३० बजेसम्म वाकाथन भएको हो ।
यस्तै, आइक्यानले वाकाथन सम्पन्न भएपश्चात आफ्नै भवन सातदोबाटोमा ११ बजेदेखि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । इम्प्लिमेन्टेशन अन अकाउन्टिङ एण्ड अडिटिङ स्टाण्डर्ड एण्ड वे फरवार्ड शिर्षकमा अन्तरक्रिया आयोजना गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्