×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको प्रष्टीकरण- ‘प्रश्न सोधिएको हो, आईपीओ रोक्न निर्देशन आएको होइन’

PRIME CA

धितोपत्र बोर्डको प्रष्टीकरण- ‘प्रश्न सोधिएको हो, आईपीओ रोक्न निर्देशन आएको होइन’

१९ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक लेखा समितिबाट हिमालयन रिको आईपीओ रोक्नेगरी निर्देशन नआएको प्रष्ट पारेको छ । बोर्डका एक उच्च अधिकारीका अनुसार सार्वजनिक लेखासमितिले उजुरी परेकाले सो विषयमा के कसो भएको हो भनी प्रश्न गरी पत्र काटिएको, र आइपीओ रोक्ने निर्देशन सो पत्रमा नभएको दाबी गरेका छन् ।
उनले आईपीओ निष्कासन रोक्न निर्देशन भनी आएको समाचार सच्याउन पनि आग्रह गरेका छन् ।
‘बोर्डलाई सो पत्रबारे जानकारी गराइएको छ, तर बोर्डले सो पत्र बुझिसकेको छैन । सो पत्रमा प्रश्नमात्र सोधिएको र आईपीओ रोक्न निर्देशन नआएको भन्ने खबर आएको छ ।’ उनले भने ।
यता सार्वजनिक लेखा समितिका लेखा समिति सचिव एकराम गिरीले प्रिमियमको आईपीओ रोक्न निर्देशन नदिईएको प्रष्ट पारे । उनले यस विषयमा बोर्डलाई पत्र काटिएको भने सत्य रहेको बताए ।
यद्यपी सार्वजनिक लेखा समितिका एक अर्का सदस्यले भने आईपीओ रोकेर फाइल झिकाउने कुरा भएको र अन्तिममा प्रष्टीकरणको पत्र गएको भन्दै आश्चार्य व्यक्त गरेका छन् । ‘अव पत्र जे गयो त्यहि नै आधिकारिक हुने भयो ।’ ती सदस्यले अर्थ सरोकारसँग भने, ‘हामीलाई हिमालयन रिको आईपीओ रोकेर फाइल झिकाउने कुरा भएको थियो, सोहि छलफल भएको थियो । हामीलाई उल्टै पंगु बनाइएछ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: