×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध लगायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध लगायो

Artha Sarokar

११ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध लगाएको छ । प्रयोगशालामा उत्पादन गरिएको मासुुमा प्रतिबन्ध लगाउने निर्णय इटलीको संसदबाटै पारित भएको हो ।

योसँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिवन्ध लगाउने संसारको पहिलो देश बनेको छ । इटलीमा यसअघि जनावरको हत्याको सट्टा जनावरको कोषहरूको भिट्रो खेतीद्वारा मासु उत्पादन गरिँदै आएको थियो । इटालीको संसदले महिनौंसम्मको बहसपछि नयाँ कानून पारित गरेको हो ।

प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध लागेसँगै अब नियम विपरित प्रयोगशालामा मासु उत्पादन गरेमा ६० हजार युरो (६५ हजार ८ सय अमेरिकी डलर) सम्म जरिवाना लाग्नसक्छ ।

जर्मनी र स्पेन लगायत अन्य देशहरूले खेती गरिएको मासुको उत्पादन प्रक्रिया सुधार गर्न अनुसन्धानमा ठूलो लगानी गरिरहेका बेला इटालीले प्रतिबन्ध लगाएको हो । खेती गरिएको मासुलाई हर्मोन र एन्टिबायोटिकको प्रयोगको आवश्यकता पर्दैन । यसमा परम्परागत रूपमा पाइने मासुभन्दा कम खर्च हुन्छ ।

कृषिमन्त्री फ्रान्सेस्को लोलोब्रिगिडाको सामाजिक सञ्जाल पोस्टका अनुसार यो कदमले इटालीको पाक परम्परा र कृषि क्षेत्रमा रोजगारीको रक्षा गर्ने उद्देश्य राखेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी