×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनार्दन शर्माको प्रष्टोक्ति-‘भूकम्प पीडितको राहत मैले कब्जा गरेको होइन’

अर्थ सरोकार

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार

PRIME CA

जनार्दन शर्माको प्रष्टोक्ति-‘भूकम्प पीडितको राहत मैले कब्जा गरेको होइन’

काठमाडौं । पुर्व अर्थमन्त्री जनार्दन शर्माले जाजरकोटका भूकम्प पीडितका लागि पठाईएको राहत सामग्री बिच बाटोमै आफुले कब्जा गरेर रुकुम पश्चिम नपठाएको बताएका छन् । उनले बिहीबार सामाजिक संजाल फेसबुकमा लेख्दै आफुले राहत सामग्री कब्जा नगरेको स्पष्ट परेका हुन् ।

विभिन्न मिडियामा जाजरकोटका लागि पठाईएको राहत शर्माकै दवाबमा रुकुम पश्चिम कब्जा गरी लगिएको भन्ने खालका समाचार प्रति आफ्नो ध्यानआकर्षण भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्,’ जाजरकोटका लागि आएको राहत सामग्री मेरो दवाबमा रुकुम पश्चिम कब्जा गरी लागिएको जस्ता भ्रामक र तथ्यहिन समाचार प्रकाशित भएको देख्दा म अचम्मित भएको छु ।’

तथ्य र यथार्थलाई तोडमोड गरी एकतर्फी ढङ्गबाट समाचार प्रकाशित भएको उनले आरोप लगाएका छन् । उनले भनेका छन्, ‘जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा भूकम्प गएको भोली पल्टदेखीनै म यस क्षेत्रको एउटा जिम्मेवार राजनीतिकर्मीको रूपमा स्थानीय निकायलगायत सरोकारवाला सबैसँग हातेमालो गर्दे अहोरात्र खटिरहेको यस्तो विपत्कालीन संवेदनशील घडीमा एउटा जिम्मेवार प्रकाशन गृहले कुत्सित नियतका साथ तथ्य र यथार्थतालाई तोडमोड गरी एकतर्फी ढङ्गबाट समाचार प्रकाशन गरिनु अत्यन्त खेदजनक रहेको ब्यहोरा सबैमा जानकारीका लागी अनुरोध छ । साथै यस्ता गलत र भ्रामक समाचार प्रकाशन नगर्न/नगराउन सम्बन्धित सबैमा ध्यानाकर्षण गराउन चाहन्छु।’

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: