×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको नाफामा पहिरो, वितरणयोग्य मुनाफा पनि ऋणात्मक (थप विवरणसहित)

PRIME CA

ज्योति विकास बैंकको नाफामा पहिरो, वितरणयोग्य मुनाफा पनि ऋणात्मक (थप विवरणसहित)

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ज्योति विकास बैंकको नाफा आधाले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार ज्योति विकास बैंकको खुद नाफा ४९.२५ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा बैंकले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत वर्षको सोही अवधिमा बैंकले १० करोड ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी घट्नु र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको नाफाबा दबाब पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७७ प्रतिशतले घटेको छ भने बैंकको खुद फि तथा कमिशन ४.६५ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.१४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा २.५ प्रतिशतबाछ बढेर ३.७५ प्रतिशत पुगेको छ । जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज बढेर ३३ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा १३ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ११ रुपैयाँ ९७ पैसा ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा बैंकको ईपीएस ४ रुपैयाँ ७६ पैसाले घटेर ४ रुपैयाँ ६२ पैसा कायम भएको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६१.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७० पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: