×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकैपटक ५ सरकारी जागिरमा नाम निकालेकी करिश्माको टिप्स -‘कोचिङ चाहिन्न, निरन्तर पढ्नुपर्छ, नसकिने केहि छैन’

PRIME CA

एकैपटक ५ सरकारी जागिरमा नाम निकालेकी करिश्माको टिप्स -‘कोचिङ चाहिन्न, निरन्तर पढ्नुपर्छ, नसकिने केहि छैन’

३ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । गुल्मीकी २३ बर्षीया करिश्मा पोखरेल अहिले चर्चामा छिन् । एकैपल्ट ५ सरकारी जागिरमा नाम निकालेपछि उनको चर्चा चुलिएको हो । यसअघि लोकसेवामा बैकल्पिकमा नाम निकालेर सरकारी जागिर खाने सपना पूरा नभएपनि यसपटक भने ५ वटा जागिरमा एकैपटक नाम निस्किएको छ करिश्माको । र ती ५ मध्ये करिश्माले लुम्बिनी प्रदेशको कार्यालय छनोट गरेकी छिन् ।

‘चाहे सपना ठूलो होस् या सानो, जुन सपना पूरा हुन्छ, संघर्ष पछिको नतिजाको प्रतिफल अत्यन्तै मनमोहक हुन्छ, खुसीको क्षण हुन्छ , संसार नै जिते जस्तै अनुभूति हुन्छ जुन मैले अभिव्यक्त गर्न शब्दकोषमा शब्द नै छैन ।’ लोकसेवामा नाम निस्किएपछि उनी भन्छिन्- ‘भनिन्छ नि सुख किन्न सकिन्छ तर खुसी चाहिँ आफैले सिर्जना गर्नु पर्छ जिन्दगीको मिठो प्रतिक्षाको समय जुन मैले प्राप्त गरेकी छु । बाल्यकालको समयदेखि राष्ट्रसेवक भएर काम गर्न अथाह चाहना पूरा भइसकेको अनुभूति गरिएकी छु । यो मेरो जीवनको पहिलो सफलताको बिन्दु हो, आजका दिनहरुमा खुसीको पल हो। अहिले मलाई सफलताको गोरोटोले राजमार्गको आकार लिए जस्तै भएको छ ।’

उनै करिश्मा पोखरेलसँग अर्थ सरोकारले लोकसेवाको परिक्षा र उनको सफलताबारे केहि प्रश्न गरेको छ ।

१. एकैपटक ५ सरकारी जागिरमा नाम निस्किएपछि तपाईंको चर्चा चुलिएको छ, कस्तो अनुभव भईरहेको छ ?
आफ्नो मेहेनत सफल भएको छ । सरकारी जागिर खाने सपना पूरा भएको छ, त्यसैमा खुसी छु ।

 

२. ५ वटामा नाम निस्कियो, तर लुम्बिनी प्रदेश कार्यालय नै छनोट गर्नुभएछ नि, सोहि कार्यालय छनोट गर्नुको कारण के हो ?
त्यस्तो केहि खास कारण त होइन, मलाई निजामतितिर आउने धोको थियो, त्यहि भएर लुम्बिनी प्रदेशको कार्यालय नै छनोट गरें ।

 

३. लोकसेवा त धेरै गाह्रो हुन्छ भन्छन्, तपाईंले एकैपटक ५ वटामै नाम निकाल्नुभयो । पढ्नचाहिं कसरी पर्ने रहेछ ? केहि टिप्स छन् ?
त्यस्तो टिप्स भन्ने केहि हुन्न । आफ्नो मेहेनतलाई निरन्तरता दिनुपर्छ । धैर्यता राख्नुपर्छ । धैर्यता राखेर मेहेनत गरे सफल भईन्छ ।

 ४. यति घण्टा पढ्ने, वा यति घण्टा पढ्नु नै पर्छ भन्ने हुँदैन र ?
त्यस्तो हुँदैन । आफुले गर्ने मेहेनतलाई निरन्तरता दिनुपर्यो । पढाईलाई निरन्तरता दिने हो भने नसकिने केहि रहेनछ ।

 

५. अहिले लोकसेवाका कोचिङहरुको चलन खुब छ, तपाईंले पनि त्यस्तो कुनै कोचिङ सेन्टरमा पढ्नु भयो कि आफैँ स्वअध्ययन गर्नुभयो ?
मैले त आजसम्म त्यस्तो कोचिङ लिइन । पढ्ने आफैँले हो । मैले पनि स्वअध्ययन नै गरेको हुँ । आफैँ मेहेनत गर्दा सफलता पाइयो ।

६. पहिलोपटक नै ५ ठाउँमा नाम निकाल्नुभयो कि पहिला पनि परिक्षा दिनुभएको थियो ?
पहिला एक पटक दिएको थिएँ । बैकल्पिकमा नाम निस्किएको थियो । त्यसपछि ५ वटा परिक्षा दिएको थिएँ । सबैको नतिजा एकैपटक आयो ।

 

७. पहिलोपटक बैकल्पिकमा नाम निस्किएपछि के सोचेर थप पढ्नुभयो ?
मेहेनत पुगेको रहेनछ भन्ने बुझेँ । त्यसपछि थप मेहेनत गरेँ । मेहेनत अलि बढी गरे सफलता पाइनेरहेछ भन्ने कुराले आफैँ मोटिभेट पनि भयो । अहिले ५ वटामा एकैपटक नतिजा आयो, र सबैमा नाम निस्कियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: