×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अविवाहित पुरुषको संख्या बढेपछि दक्षिण कोरियाको युवा जनसंख्या ३० वर्षमा आधा हुने अनुमान !

PRIME CA

अविवाहित पुरुषको संख्या बढेपछि दक्षिण कोरियाको युवा जनसंख्या ३० वर्षमा आधा हुने अनुमान !

अर्थ सरोकार

१२ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । आगामी ३० वर्षमा दक्षिण कोरियामा युवाहरुको संख्या आधा हुने अनुमान गरिएको छ । कोरियाको तथ्यांक निकायले गरेको अनुमान अनुसार न्यून जन्मदरका कारण आगामी ३० वर्षमा कोरियामा युवाहरुको संख्या आधा हुने देखिएको हो ।

सन् २०२० को जनगणनाअनुसार दक्षिण कोरियामा युवाहरुको जनसंख्या एक करोड दुई लाख १३ हजार छ । यो संख्या सन् १९९० मा एक करोड ३८ लाख ४९ हजार थियो । त्यसपछि उक्त संख्या निरन्तर घट्दै सन् २००० मा एक करोड २८ लाख ८३ हजार र सन् २०१० मा एक करोड ९ लाख ६७ हजार भएको थियो । यही गतिमा युवाहरुको सख्ंया घट्ने हो भने सन् २०५० मा कोरियामा युवाहरुको संख्या ५२ लाख १३ हजार हुने अनुमान गरिएको छ ।

सन् २०५० मा कूल जनसंख्यामा युवाहरूको प्रतिशत घटेर ११ प्रतिशत हुने अनुमान गरिएको छ । कूल प्रजनन दर अर्थात एक महिलाद्वारा उनको जीवनकालमा जन्माउने शिशुको औसत संख्या तीव्ररूपमा बढ्दो जनसंख्याकाबीच सन् २०२२ मा शून्य दशमलव ७८ को न्यूनस्तरमा पुगेको छ ।

कूल युवा जनसंख्यामा अविवाहित युवाहरूको प्रतिशत पाँच वर्षअघिको ७५ प्रतिशतबाट बढेर सन् २०२० मा ८१ दशमलव पाँच प्रतिशत भएको छ । यो आँकडा सन् २००० मा ५४ दशमलव पाँच प्रतिशतबाट तीव्ररूपमा बढेर सन् २००५ मा ६३ दशमलव दुई प्रतिशत र सन् २०१० मा ६८ दशमलव नौ प्रतिशत भएको छ ।

कूल युवा महिलाहरूमा आर्थिरूपमा सक्रिय युवा महिलाहरूको अनुपात सन् २००० मा ४२ दशमलव तीन प्रतिशतबाट बढेर सन् २०१० मा ५५ दशमलव दुई प्रतिशत र सन् २०२० मा ६१ दशमलव एक प्रतिशत भएको छ ।

आर्थिकरूपमा सक्रिय युवा पुरुषहरूको प्रतिशत सन् २००० मा ६६ प्रतिशतबाट घटेर सन् २०१० मा ६४ दशमलव सात प्रतिशत र सन् २०२० मा ६३ दशमलव नौ प्रतिशतमा झरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: