×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ पटकसम्म ऋणी अनुपस्थित भए मात्र घरसम्म जान पाइने, सम्मानजनक व्यवहार गर्नुपर्ने, विना अनुमति पैसा काट्न नपाइने

अर्थ सरोकार

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार

PRIME CA

३ पटकसम्म ऋणी अनुपस्थित भए मात्र घरसम्म जान पाइने, सम्मानजनक व्यवहार गर्नुपर्ने, विना अनुमति पैसा काट्न नपाइने

काठमाडौँ । लघुवित्तका समस्या र तिनका समाधानका लागि गठित अध्ययन समितिले बुझाएको प्रतिवेदन नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा ऋण असुली गर्दा ऋणी र संस्थाबीचको समझदारीमा उल्लेख भएको स्थानमा मात्र ऋण असुल गर्न सुझाव दिईएको छ । सो ठाउँमा ३ पटक नआएको खण्डमा मात्र लघुवित्तकर्मीहरु ऋणीको घरसम्म पुग्नुपर्ने सुझाव पनि सो समितिले गरेको छ ।

साथै सो प्रतिवेदनले ऋण असुलीका क्रममा लघुवित्तकर्मीहरुले ऋणीलाई सम्मानजनक व्यवहार गर्नुपर्नेसमेत सुझाव दिएको छ । ग्राहकसँगको व्यवहार लगायतका विषयमा केन्द्रित रही कर्मचारीहरूलाई प्रत्येक संस्थाले तालिम प्रदान गर्नुपर्ने ।
साथै, लघुवित्तहरुले अव नेपाली भाषामा ब्याजदर, सेवा शुल्क, कर्जाको भुक्तानी अवधि लगायतको सूचना सार्वजनिक जानकारीको लागि उपलब्ध गराउनुपर्नेगरी सो समितिले सुझाव दिएको छ । ग्राहकको खाताबाट स्वतः कुनै रकम काट्न नपाइनेसमेत सो सुझावमा भनिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: