×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कुरा हिमालयन रिको होइन, प्रवृतिको हो…, र त, सार्वजनिक लेखा समितिले आवश्यक हस्तक्षेप गरोस्’

PRIME CA

‘कुरा हिमालयन रिको होइन, प्रवृतिको हो…, र त, सार्वजनिक लेखा समितिले आवश्यक हस्तक्षेप गरोस्’

१९ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सेयर लगानीकर्ताले प्रश्न उठाएपछि नियामक नेपाल धितोपत्र बोर्डले जवाफ दिनुपर्थ्यो, तर दिएन । परिणाम सेयर लगानीकर्ताहरु सार्वजनिक लेखा समितिसम्म हिमालयन रि लगायतका प्रिमियममा आउन लागेका आईपीओका विरुद्ध उजुरी लिएर गए । र अन्तत: सार्वजनिक लेखा समितिले प्रिमियममा सेयर जारी गर्न लागेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशनमा प्रश्न उठाएर सम्बन्धित नियामकलाई प्रश्न गरेको छ । तिलक कोइरालासहितका लगानीकर्ताले सार्वजनिक लेखासमितिमा दिएको उजुरीउपर छानविन आवश्यक ठान्दै सार्वजनिक लेखा समितिले पत्र पठाउने यस्तो निर्णय गरेको हो ।
अव सार्वजनिक लेखासमितिले प्रिमियममा आईपीओ स्वीकृत दिएका सबै फाइल झिकाउनेछ र अध्ययन गर्नेछ । त्यसमा तलमाथि भएको भए आवश्यक कार्वाही गर्नेछ भने नभएको भए क्लिन चिट दिनेछ । यसमा प्रिमियममा आईपीओ जारी भईसकेकाहरुका फाइल पनि तानिनेछन् । सोनापुरजस्ता कम्पनीले पाएको प्रिमियम मूल्यको हिसाब खोजिनेछ । यदी सार्वजनिक लेखासमितिले गर्नुपर्नेजसरी काम गर्यो भने सोनापुरजस्ता कम्पनी र आईपीओको स्वीकृति दिनेहरुमात्र होइन तिनका अडिटरले गरेका हर्कतका विषयमा अडिटरहरुका नियामक आइक्यानलाई पनि समितिले प्रश्न सोध्नेछ ।
सबै कुरा हुनुपर्नेजसरी नै भयो भने सोनापुरजस्ता झण्डीमार कम्पनीहरुलाई प्रिमियममा आईपीओको स्वीकृति दिने कामको सधैंका लागि इतिश्री हुनेछ । नभए त नेपाल हो, त्यहींबाट क्लिन चिट पाएर त्यसपछि सोनापुरजस्ताको राज चल्नेछ । त्यसैले पाइलापाइलामा लगानीकर्ताको खबरदारी आवश्यक छ । कुरा हिमालयन रिको मात्र होइन प्रवृतिको हो । त्यसैले गलत प्रवृतिलाई रोक्न सार्वजनिक लेखा समितिको बलियो हस्तक्षेप आवश्यक छ, जुन अपेक्षित पनि छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: