×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाफासँगै माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी पनि बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

PRIME CA

नाफासँगै माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी पनि बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार

काठमाडौँ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले उक्त नाफा आर्जन गरेको जनाएको हो । बैंकले आर्जन गरेको उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१८ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोड ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन ४.४० प्रतिशतले घटेको छ । यसअवधिमा बैंकको कुल सञ्चालन आम्दानी भने ४.७४ प्रतिशतले घटेको छ ।

यता बैंकको सञ्चालन मुनाफा भने २१.६५ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा बैंकको इम्पेयरमेन्ट चार्ज घटेर १ करोड २२ लाखमा झरेसँगै बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधीमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस ३ रुपैयाँ १३ पैसाले बढेर १८ रुपैयाँ ६६ पैसा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ९८ पैसा रहेको छ । हाल बैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा रहेको छ । यस अवधिमा बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ सञ्चित रहेको छ । चालु आवको पहिलो त्रैमासमा बैंकको निक्षेप ३.४५ प्रतिशतले घटेको छ भने कर्जा ३.४४ प्रतिशतले बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: